झापा, फागुन २३ । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारी मतान्तरले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेका छन्।
शाहले देशकै सर्वाधिक ६८,३४८ मत प्राप्त गर्दा ओली १८,७३४ मतमा खुम्चिए। ६ पटक संसदीय चुनाव जितेका ओलीका लागि यो २०६४ पछिको दोस्रो ठूलो हार हो। शाहको ४९,६१४ को मतान्तर झापाको इतिहासमै सबैभन्दा बढी र राष्ट्रिय रूपमा दोस्रो ठूलो जित हो।




