सुनसरी, फागुन २४ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विजयी भएका छन्। अन्तिम मतपरिणाम अनुसार साम्पाङले आफ्ना निकटतम प्रतिस्पर्धीलाई ८ हजार ४९२ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन्।
विजयी साम्पाङले कुल ३५ हजार ७४१ मत प्राप्त गरे भने उनका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की गोमा तामाङले २७ हजार २४९ मतमा चित्त बुझाइन्।
यस क्षेत्रमा अन्य दलका उम्मेदवारहरू निकै कम मतमा खुम्चिएका छन्। नेकपा (एमाले) का उम्मेदवार टिका मांगलेनले ६ हजार ३३१ मत प्राप्त गरे भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार सूर्य भट्टराईले ६ हजार २५८ मत पाएका छन्।




