काठमाडौं, फागुन २७ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल १ करोड ७ लाख २० हजार ५६७ मत गणना सम्पन्न भएको छ। निर्वाचन आयोगले आज बिहान ३:३० बजे सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी ५१ लाख १९ हजार ६१९ मतका साथ अग्रस्थानमा देखिएको छ।
त्यसैगरी, नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४ मत र नेकपा (एमाले) ले १४ लाख ४७ हजार ६६४ मत प्राप्त गरेका छन्। अन्य दलहरूमा नेपाली कम्युनिष्ट पार्टीले ८ लाख २ हजार ७४३, श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ४७८ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार १९७ मत पाएका छन्। यस्तै, जनता समाजवादी पार्टी नेपालको पक्षमा १ लाख ७४ हजार ३०५, राष्ट्रिय परिवर्तन पार्टीको पक्षमा १ लाख ७१ हजार ४४४ र जनमत पार्टीको पक्षमा ७८ हजार ९२७ मत खसेको छ। देशभरका विभिन्न स्थानमा मतगणना अझै जारी रहेको आयोगले जनाएको छ।




