काठमाडौं, फागुन २८ । सुनको मूल्य आज घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन ताेलामा २,००० रुपैयाँले घटेर ३,१७,००० रुपैयाँ कायम भएकाे छ । बुधबार सुनको मूल्य ३,१९,००० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य २०५ रुपैयाँले घटेर तोलामा ५,५१५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य ५,७२० रुपैयाँमा कारोबार भएको थियो।
अघिल्लो मङ्गलबार सुनको मूल्य तोलामा ३,१७,००० रुपैयाँ र चाँदी ५,७२० रुपैयाँमा कारोबार भएको थियो भने सोमबार सुन ३,१३,२०० रुपैयाँ र चाँदी ५,४१० रुपैयाँमा कारोबार भएको थियो।




