काठमाडौं, फागुन २९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ।
केही समयदेखि अस्वस्थ रहनुभएका उहाँको भक्तपुरस्थित नेपाल–कोरिया मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि गुण्डुस्थित निवासमा राखिने र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी हुनुहुन्छ।




