काठमाडौं, चैत्र १ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जना समानुपातिक सांसदहरूको नामावलीलाई अन्तिम रूप दिएको छ।
आज बसेको पार्टी सचिवालयको भर्चुअल बैठकले ४८ महिला र ९ पुरुषको नाम टुङ्गो लगाउँदै आजै निर्वाचन आयोगमा सूची बुझाउने निर्णय गरेको छ। प्रवक्ता मनिष झाका अनुसार क्लस्टरका आधारमा खसआर्यबाट १७, आदिवासी जनजातिबाट १६, मधेसीबाट ९, दलितबाट ८, थारुबाट ४ र मुस्लिम समुदायबाट ३ जना छनोट भएका छन्।
यद्यपि, आयोगले नामावली रुजु गरेर स्वीकृत नगरेसम्म कुन क्लस्टरमा को-को परे भन्ने विस्तृत विवरण भने पार्टीले गोप्य राखेको छ।




