काठमाडौं, चैत्र २ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्।
हालैको निर्वाचनमा सप्तरी-२ मा पराजित भएपछि उनले सामाजिक सञ्जालमार्फत अब आफू पदको राजनीतिमा नरहने तर जनताको अधिकारका लागि संघर्ष भने जारी राख्ने स्पष्ट पारेका हुन्।
आफूलाई ‘अनिच्छुक राजनीतिक यात्री’ बताउँदै उनले अबको समय पार्टी संगठन सुदृढीकरण र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीमा खर्चिने बताएका छन्। संसद्मा पार्टीको उपस्थिति शून्य भए पनि नेतृत्व नछाड्ने र बाहिरै बसेर आन्दोलनको नेतृत्व गर्ने उनको योजना छ।




