ललितपुर, चैत्र ९ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि (मंगलबार) बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा दिउँसो १:०० बजे बैठक बोलाइएको हो।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक संगठन र आगामी कार्ययोजनाबारे छलफल हुने बताइएको छ।





