• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ?


  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत १० ।  मध्यपूर्वमा बढ्दै गएको तनाव र अब के हुन्छ भन्ने प्रश्नलाई लिएर यतिबेला सबैको चासो बढेको छ । नेपालमा पनि यसको प्रभाव प्रत्यक्ष र अप्रत्यक्ष रुपमा बढ्दै गइरहेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पूर्वी एशियामा रहेका नेपाली श्रमीकहरुको अवस्थालाई लिएर चिन्ता छ ।

    Advertisement

    साथै नेपालको अर्थतन्त्र र जनजीवनमा प्रत्यक्ष रुपमा नकारात्मक असर पर्न थालेको अधिकारीहरुको भनाइ छ । यसले नेपालमा सञ्चालनमा रहेका उद्योगहरुका लागि आवश्यक कच्चा पदार्थ ल्याउन कठिनाइ हुँदा यसको प्रत्यक्ष मार आम नागरिकले खेप्नुपर्ने निश्चित छ । अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय मध्यपूर्वको द्वन्द्वले नेपालको अर्थतन्त्रका बहुआयामिक क्षेत्रमा चुनौती थपेको बताउनु हुन्छ । उहाँकाअनुसार रुस–युक्रेन युद्धले नेपाललाई केही प्रभाव पारे पनि अहिलेको जति पारेको थिएन । अहिले मध्यपूर्वको तनावले प्रत्यक्ष र गहिरो असर पार्न थालेको बताउनु भयो ।

    सहसचिव पाण्डेयकाअनुसार मध्यपूर्वको तनावले नेपालको अर्थतन्त्रमा पारेको असरको पहिलो संकेतका रूपमा नेपालमा पेट्रोलियम पदार्थको अभाव र मूल्य वृद्धि हो । त्यस्तै, तेस्रो मुलुकबाट आउने सामानहरू मध्यपूर्वको मार्ग हुँदै आउने र ढुवानी लागत बढ्ने भएकाले वैदेशिक व्यापार थप चुनौतीपूर्ण बनेको उहाँको भनाइ छ ।

    नेपालको अर्थतन्त्रको मेरुदण्ड मानिएको विप्रेषण (रेमिट्यान्स) मा मध्यपूर्वको तनावले ठूलो धक्का पुग्न सक्ने उहाँले बताउनु भयो । हाल मध्यपूर्वका विभिन्न देशहरूमा करिव १७ देखि १८ लाख नेपाली श्रमिकहरू कार्यरत छन् । त्यहाँको तनावले विप्रेषण आप्रवाह घट्नसक्ने र त्यसले नेपाली समग्र अर्थतन्त्रको चक्रमा नै ठूलो असर पार्न सक्ने सहसचिव पाण्डेयले बताउनु भयो । उहाँकाअनुसार यदि त्यहाँ रहेका ठूलो संख्याका श्रमिकहरू नेपाल फर्कनुपर्ने अवस्था आएमा उनीहरूको व्यवस्थापन गर्नु अर्को ठूलो चुनौती हुनेछ ।

    युद्धका कारण खाडी क्षेत्रलाई ट्रान्जिट बनाएर तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकहरूको संख्यामा पनि गिरावट आउनसक्ने देखिएको पाण्डेयले बताउनु भयो । पाण्डेयकाअनुसार युद्धका कारण रासायनिक मलको अभाव हुनसक्ने जोखिम बढाएको र यसले नेपालको कृषि उत्पादनमा असर गर्नसक्छ । कृषि, रेमिट्यान्स, पर्यटनजस्ता क्षेत्रमा युद्धले असर गरेमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिमा समेत ठूलो असर पार्ने उहाँको भनाइ छ ।

    सहसचिव पाण्डेयले भन्नुभयो–‘मध्यपूर्वमा तनावको स्थीति सिर्जना भएको छ । त्यसले नेपालको अर्थतन्त्र र जनजीविकामा प्रत्यक्ष असर गर्छ । जुन हामीले संकेतिक रुपमा देखिसकेका छौँ । अहिले पेट्रोलियम पदार्थको अभाव देखिएको छ । पेट्रोलिय पदार्थको मूल्य वृद्धि पनि भएको छ । मध्य पूर्वमा देखिएको तनावले विप्रेषणमा असर पर्नसक्छ । नेपालमा आइरहेको विप्रेषण जुन छ, त्यो कम हुन सक्छ । वैदेशिक रोजगारीमा रहेको ठूलो जनशक्ति अर्थात करिव १७/१८ लाख जनशक्ती मध्यपूर्वमा छ । त्यो जनशक्ति नेपालमा फर्कदा कसरी व्यवस्थापन गर्ने अर्को चुनौती हुनसक्छ ।

    त्यस्तै, नेपालको वैदेशिक व्यापारको चुनौती पनि बढ्नसक्छ । मध्यपूर्व हुँदै तेल लगायतका वस्तुहरु ल्याउने गरिएको छ । तेस्रो मुलुकबाट आउने समानहरु दुवानीका कारणले महँगो हुनसक्छ । अर्को प्रत्यक्ष असर पर्ने क्षेत्र भनेको पर्यटन हो । जुन खाडी क्षेत्रलाई ट्रान्जिट बनाएर तेस्रो मुलुकका पर्यटक नेपाल आउछन् त्यो क्रममा मध्यपूर्वको तनावले घट्नसक्ने देखिन्छ । यो विषम परिस्थीतिमा युद्ध छिटो समाधान होस् भन्ने अर्थमन्त्रालय, नेपाल सरकारले चाहेको छ । यदी युद्ध लम्बिए वैकल्पिक रणनीतिहरु तय गर्नुपर्ने हुन्छ ।’

    अर्थ मन्त्रालयले अब के गर्छ ?
    यो विषम परिस्थितिमा युद्धको छिटो समाधान होस् भन्ने नेपाल सरकारको चाहना रहे पनि युद्ध लम्बिएको खण्डमा अपनाउनुपर्ने वैकल्पिक रणनीतिबारे अर्थ मन्त्रालयले अध्ययन थालिसकेको छ । सहसचिव पाण्डेयकाअनुसार मन्त्रालयले निम्न विषयमा केन्द्रित रहेर छलफल र अध्ययन अघि बढाएको छ । ग्यास र ऊर्जाका वैकल्पिक स्रोतहरूको पहिचान गर्नेबारे अध्ययन तथा छलफल अघि बढाइएको पाण्डेयले बताउनु भयो । उहाँकाअनुसार वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा र आवश्यक परे सुरक्षित फिर्ताको योजना पनि बनाइँदैछ ।

    पाण्डेयले भन्नुभयो–‘वैकल्पिक रणनीतिका लागि कार्ययोजना तय गर्नका लागि अर्थ मन्त्रालयले त्यसबारे अध्ययन थालिसकेको छ । रुस–युक्रेन युद्धले केही प्रभाव अवश्य परे तर नेपालको अर्थतन्त्र र जनजीवनलाई प्रत्यक्ष रुपमा असर गरेको थिएन । अहिले मध्यवपूर्वको द्वन्द्वले प्रत्यक्ष असर गरिरहेको छ । द्वन्द्वका कारण नेपाललाई पर्ने नकारात्मक प्रभावलाई कसरी कम गर्न सकिन्छ र कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने विषयमा अर्थ मन्त्रालयले छलफल अघि बढाएको छ । जस्तै, ग्यासको वैकल्पिक स्रोतहरु केके हुनसक्छ, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कसरी सुरक्षित गर्न सकिन्छ र फिर्ता गर्नुपरे कसरी सुरक्षित फिर्ता गराउने र अर्थतन्त्रमा पर्ने अन्य प्रभावबारे हामी अध्ययनमा छौँं । अध्ययनपछि त्यसअनुसार हाम्रा आर्थिक नीतिहरु तय गर्ने प्रक्रियामा अघि बढ्छौँं ।’

    अर्थतन्त्रमा पर्ने नकारात्मक प्रभाव न्युनिकरणका लागि आर्थिक नीतिहरूको पुनरावलोकन गर्दै अर्थ मन्त्रालयले युद्धका कारण प्रभावित हुनसक्ने क्षेत्रहरूको पहिचान गरी सोहीअनुसार आगामी आर्थिक तथा अन्य नीतिहरूमार्फत सम्बोधन गर्ने तयारी गरेको पाण्डेयले बताउनु भयो । अध्ययनपछि प्राप्त हुने निष्कर्षका आधारमा सरकारले ठोस कदम चाल्ने उहाँको भनाइ छ ।

    –न्युज एजेन्सी नेपाल

     

    मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.