• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. एनसेलले ल्यायो आईफोन १८ सिरिज खरिदकर्ताका लागि विशेष बन्डल अफर

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

‘काठमाडौं महानगरमा समुदायमा आधारित रोग निगरानी प्रणाली शुरु’


  •   बुधबार, चैत ११, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत ११ । काठमाडौं महानगरपालिकाले महामारीजन्य रोग नियन्त्रणको लागि समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गरेको छ ।

    Advertisement

    महानगरले समुदायमा आधारित रोग निगरानी प्रणाली लागू गर्नको लागि स्वास्थ्यकर्मीहरुलाई दुई दिने तालिम दिएको हो । महानगरको स्वास्थ्य विभागले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा सबै शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको जनाएको छ । महानगरको स्वास्थ्य सेवा विभाग अन्तर्गत महामारी तथा रोग नियन्त्रण महाशाखाका रोग निगरानी फोकल पर्सन कौशलचन्द्र सुवेदीले समुदायमै रोगको प्रारम्भिक पहिचान, निगरानी र नियन्त्रणका लागि यो प्रणाली महत्वपूर्ण हुने बताउनु भयो ।

    तालिममा सहभागी स्वास्थ्यकर्मीहरूलाई रोग पहिचान, तथ्याङ्क संकलन, जोखिम मूल्याङ्कन तथा सोहीअनुसार प्रतिकार्य गर्ने सीप प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । नेपालमा रोग निगरानी प्रणालीको महत्व उच्च भएपनि पछिल्ला वर्षहरूमा यसको अभ्यास समुदायस्तरसम्म प्रभावकारी रूपमा विस्तार हुन नसकेको उहाँको भनाई छ । विशेषगरी कोभिड–१९ महामारीका क्रममा कमजोर निगरानी प्रणालीका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेको उहाँले बताउनु भयो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०८१ असारमा ५२ वटा प्रमुख संक्रामक रोगलाई प्राथमिकतामा राख्दै नियन्त्रण रणनीति अघि बढाएको उहाँले जानकारी दिनुभयो । साथै, ‘समुदायमा आधारित रोग निगरानी निर्देशिका, २०८२’ जारी गर्दै समुदायस्तरमै रोग नियन्त्रण प्रणाली कार्यान्वयन गर्ने मार्गनिर्देशन दिएको उहाँको भनाई छ । सोही कार्यक्रमअनुसार तालिम आयोजना गरेको उहाँले जानकारी दिनुभयो । अब समुदायमा कुनै असामान्य स्वास्थ्य घटना देखिएमा तत्काल जानकारी दिन सकिने व्यवस्था गरिएको छ । एकैपटक धेरै मानिस बिरामी पर्नु, नौलो रोग देखिनु, पशुपंक्षीको अस्वाभाविक मृत्यु हुनु वा ज्वरो, झाडापखाला, श्वासप्रश्वासजस्ता लक्षण व्यापक रूपमा देखिएमा नागरिकले नजिकको स्वास्थ्य संस्था वा ‘हेलो स्वास्थ्य’ हटलाइन १११५ मा खबर गर्न सक्नेछन् ।

    उहाँले भन्नुभयो, ‘यो समुदायमा आधारित रोग नियन्त्रणको कार्यक्रम हो । तालिममा सहभागीहरुलाई रोग निगरानी सम्बन्धी तालिम दिइनेछ । उनीहरुलाई समुदायमा काम गर्न जाँदा रोगको पहिचान गर्ने, निगरानी राख्ने र तथ्याङ्क संकलन गर्ने, रोगको जोखिमको लेखाजोखा गर्ने र जोखिमको प्रकारअनुसार त्यसको प्रतिकार गर्ने कार्यक्रमको उदेश्य हो । नेपालमा रोग निगरानीका कार्यक्रमहरु एकदमै महत्वपूर्ण छ । तर पछिल्ला वर्षहरुको रोग निगरानी समुदायसम्म त्यति धेरै अभ्यास गरिएन । कोभिडको महामारीमा रोग नियन्त्रण सबलीकरण नहुँदाखेरी त्यसले ठुलो जनधनको क्षति पु¥यायो । नेपाल पनि अछुतो रहन सकेन ।

    विश्वका केही देशहरुले त्यसमा राम्रो निगरानी प्रणाली अपनाएर रोगको जोखिम भार घटाए भने नेपाल चाँही नराम्ररी प्रभावित हुन पुग्यो । त्यसकारण स्वास्थ्य मन्त्रालयले संक्रमण रोग नियन्त्रणको लागि २०८१ को असारमा ५२ वटा मुख्य संक्रमक रोगहरुको प्राथमिकिकरण गरेको छ । महामारीजन्य रोगलाई पहिचान गरेर त्यसको व्यवस्थापन गर्नको लागी सरकारले पनि विभिन्न दस्तावेजहरु जारी गरेको छ । पछिलो समय जारी भएको समुदायमा आधारित रोग निगरानी निर्देशिका हो, त्यो निर्देशिकाले समुदायमा आधारित रोग नियन्त्रण प्रणालीलाई निदिष्ट गरेको छ । सोहीअनुसार यसमा स्वास्थ्यकमीहरुलाई दुई दिनको क्षमता अभिवृद्धि तालिम आयोजना गरेका छौँ । तालिममा रोग निगरानीका चरण, प्रणाली, यसले कसरी काम गर्ने भन्ने जानकारी गराउनेछोँ । यो प्रणाली लागू भएपछि समुदायमा नै रोग पहिचान गर्न सकिनेछ । महामारी जन्य रोगको सूचना जनस्तरबाट नै सूचना लिएर त्यसलाई प्रतिकार्य गर्ने काम यसले गर्छ ।’

    महानगरको स्वास्थ्य विभागका प्रकाश परियारले काठमाडौंमा ठूला अस्पतालको पहुँच हुँदाहुँदै पनि समुदायस्तरसम्म स्वास्थ्य सेवा पुग्न नसकेको बताउनु भयो । हालको स्वास्थ्य प्रणाली उपचारमुखी भएकोले अब रोकथाममुखी रणनीतिमा जानुपर्ने आवश्यकता रहेको उहाँले औंल्याउनु भयो । उहाँकाअनुसार समुदायमै रोग निगरानी प्रणाली सञ्चालन गरिएपछि रोग फैलिन नदिन र समयमै नियन्त्रण गर्न सहज हुनेछ । यसले महानगरको समग्र स्वास्थ्य प्रणाली सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने उहाँले बताउनु भयो । उहाँले सबै वडामा तथा समुदायमा रोग निगरानी प्रणालीका बारेमा जानकारी गराउने पनि उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, ‘काठमाडौंमहानगरका धेरै ठूला अस्पताहरु त छँदैछन् । ती अस्पताले दिने सेवा भन्दा पनि हामी समुदायस्तरमा पुग्न सकिरहेका थिएनौँ, त्यसकारण यो रोग निगरानी प्रणालीलाई समुदायस्तरमा नै सञ्चालन गर्छौं । रोग फैलिन नदिनको लागि नै हामीले यसमा काम गर्नै रोजिरहेका छौँ । हाम्रो अहिलेको स्वास्थ्य प्रणाली रोग लागेपछि उपचार गर्ने भन्ने छ । अब हामी रोग लाग्न नदिन कसरी काम गर्ने भनेर काम गर्नुपर्ने परिस्थिति आएको छ । त्यही भएर हामी अब त्यतातिर केन्द्रित भएका छोँ । यसले समग्र महानगरको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्नेछ ।’

    समुदायमा आधारित रोग निगरानी प्रणालीमा लागू भएपनि डिजिटल प्लेटफर्ममार्फत रोगसम्बन्धी सूचना संकलन, विश्लेषण र वर्गीकरण गरिनेछ । जोखिमको आधारमा न्युन, मध्यम र उच्च तहमा विभाजन गरी द्रुत प्रतिकार्य टोली परिचालन गरिने व्यवस्था गरिएको छ । साथै, एआई प्रविधिको प्रयोगबाट अनलाइन माध्यमहरूमा प्रकाशित संक्रामक रोगसम्बन्धी सूचनाहरूको निगरानी गरी प्रारम्भिक चेतावनीसमेत प्राप्त गर्न सकिनेछ । यस प्रणालीको पूर्ण कार्यान्वयनपछि संक्रामक रोगहरूको शिघ्र पहिचान, नियन्त्रण र सम्भावित महामारी न्युनिकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    – न्युज एजेन्सी नेपाल

    बुधबार, चैत ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.