काठमाडौं, चैत ११ । आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सपथ लिँदैछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले आज केसीलाई पद तथा गोपनीयताको सपथ खुवाउने कार्यक्रम रहेको छ। यो समारोह राष्ट्रपति कार्यालय, शीतल निवासमा बिहान ११:१५ बजे आयोजना हुनेछ।
मार्च ५ मा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचितमध्ये केसी सबैभन्दा ज्येष्ठ सदस्य हुन्। ७८ वर्षीय केसी नेपाली कांग्रेसबाट समानुपातिक प्रणाली अन्तर्गत निर्वाचित भएका हुन्।
सपथग्रहणपछि उनले भोलि अन्य प्रतिनिधिसभा सदस्यहरूलाई पनि पद तथा गोपनीयताको सपथ खुवाउनेछन्। २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ जना प्रत्यक्ष निर्वाचित भएका छन् भने ११० जना समानुपातिक प्रणालीबाट आएका छन्।
चार वर्षअघि स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी १८२ सिटसहित सबैभन्दा ठूलो दल बनेको छ। नेपाली कांग्रेस ३८ सिटसहित दोस्रो स्थानमा छ भने नेकपा एमाले २५ सिटसहित तेस्रो स्थानमा रहेको छ।




