काठमाडौं, चैत १३ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्।
देशको ४३औँ प्रधानमन्त्रीका रुपमा शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य बालेन्द्र शाहलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको हो।
राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार, प्रतिनिधि सभामा स्पष्ट बहुमत प्राप्त दलको नेताको हैसियतमा शाहलाई मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सुम्पिएको हो। नवनियुक्त प्रधानमन्त्री शाहको शपथ ग्रहणसँगै नयाँ मन्त्रिपरिषद् गठनको प्रक्रियाले पनि पूर्णता पाउनेछ।




