• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ४. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ५. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

  • ९. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • १०. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः ज्येष्ठ सदस्य केसी


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • काठमाडौं, चैत्र १९ ।  प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसद राष्ट्रिय राजनीतिको ऐना भएको उल्लेख गर्दै लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ सभामुख र संसदले जिम्मेवार भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।

    Advertisement

    उहाँले संसद विभिन्न विचारधाराको संगमस्थल भएकाले मतभेद, विवाद र तिक्तता देखिनु स्वाभाविक भएपनि ती सबै प्रक्रियाबाट निष्कर्षमा पुग्नु नै लोकतन्त्रको सौन्दर्य भएको उल्लेख गर्नुभयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केसीले सभामुखको निर्वाचनअघि संसद सञ्चालन गर्दा आफू तटस्थ, प्रभावकारी र निर्विघ्न बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । केसीले बिहीवारको (आजको) बैठक विवादरहित रुपमा सञ्चालन गर्ने विषयमा सबै राजनैतिक दलहरु प्रतिवद्ध रहेको विश्वास समेत व्यक्त गर्नुभयो । संसद राष्ट्रिय राजनीति र संस्कृतिको प्रतिविम्व भएको उल्लेख गर्दै केसीले त्यसको संरक्षक सभामुख हुने बताउनु भयो । लोकतन्त्रको सुदृढीकरण र राष्ट्रिय सार्वभौमिकताको संरक्षणका लागि संसद र सभामुखले निरन्तर सक्रिय भुमिका खेल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘अब यो संसद भनेकै विभिन्न विचारधाराको संगमस्थल हो । ती विचारधाराहरूमा विवाद आउने, घर्षण हुने कहिले कहीँ तिक्तता कटुता निर्माण हुने स्वाभाविक प्रक्रिया हो । त्यसको बाबजुद पनि त्यो छलफलबाट जे निष्कर्ष निस्किन्छ, त्यो निष्कर्ष नै लोकतन्त्रको सौन्दर्य हो र संसद भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया गर्ने थलो हो । अहिले भर्खर सर्वदलीय बैठक हामीले जुन गर्यौँ । त्यसलाई कसरी भोलि सुचारु रूपले संचालन गर्ने भन्नेमा सबै दलका प्रतिनिधि साथीहरूको एकमतमा, खाली बोल्दा समयका कुराहरूमा चाहिँ अलिकति त्यतिले पुग्दैन भन्ने बाहेक, त्यसलाई प्रभावकारी रूपबाट निर्विघ्नतापूर्वक संचालन गर्ने कुरा सबै दलका साथीहरूले विश्वस्त तुल्याउनुभएको छ । त्यसकारणले भोलि म त्यस्तो कुनै विवाद हुने देख्दिन । मेरो दायित्व अहिले सभामुखको भएको हुनाले अहिले म दलगत राजनीतिका कुरा गर्दिन । किनभने संसद भनेको राष्ट्रिय राजनीतिक संस्कृतिको पहिचानको थलो हो । देशको राजनीतिक संस्कार कस्तो छ भन्दा त्यो देशको संसदले देखाइरहेको हुन्छ । त्यसको संरक्षक र प्रवक्ता भनेको सभामुख हो । त्यसकारण सभामुख र संसद लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ हुन्छन् । त्यसैले अगामी दिनमा पनि संसद र राष्ट्रिय राजनीतिको सुरक्षित अवतरण हुँदै जाओस् ।’

    उहाँले संविधानको रक्षा र नेपाली जनताको सर्वोच्चताको सुरक्षाको पक्षमा सरकारले गर्ने काममा संसदका सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताउनु भयो । मुलुक र जनताको हितमा गरिने काममा सहयोग गर्नु र कमिकमजोरी हुँदा सिर्जनात्मक आलोचना गर्नु नै लोकतन्त्रको मुल मर्म भएको उहाँको बुझाइ छ । उहाँले संख्यात्मक शक्तिभन्दा पनि संविधानको रक्षा, जनताको सर्वोच्चता, स्वाभिमान, सम्मान र समृद्धिलाई केन्द्रमा राखेर सरकार सञ्चालन हुनुपर्ने समेत बताउनु भयो । उहाँले वर्तमान सरकार जनताको उर्लंदो आकंक्षाको प्रतिनिधित्व गर्दै गठन भएको उल्लेख गर्दै अस्थिरता निम्तिन नदिन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा समेत राख्नुभयो । केसीले स्थिर सरकार, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख आवश्यकता भएको भन्दै नीतिगत रुपमा हुने भ्रष्टाचार अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि विधि र प्रक्रिया पालना अपरिहार्य रहेको उल्लेख गर्दै आग्रह–पूर्वाग्रहका आधारमा कारबाही गर्दा विधिहीनता निम्तिने चेतावनी पनि दिनुभयो ।

    उहाँले भन्नुभयो, ‘संख्यात्मक दृष्टिकोणले भन्दा पनि नेपाली जनताको स्वाभिमान, सम्मान, समृद्धि र विकासको निम्ति संविधानको रक्षा र नेपाली जनताको सर्वोच्चताको सुरक्षाको दृष्टिकोणले सरकारले जहाँ जहाँ जति गर्छ त्यसमा पूर्ण रूपबाट सहयोग हुनुपर्छ । किनभने अहिलेको जो उर्लदो आकांक्षा छ त्यो आकांक्षाको प्रतिनिधित्व गरेर यो संसद, सरकार गठन भएको छ । तर जहाँनिर गल्ती छ त्यसलाई गल्ती भन्नुपर्ने र भन्नु नै लोकतन्त्र हो । त्यसैले अहिले नै हामी सरकारले जे गर्न लागिरहेको छ त्यसलाई टिका टिप्पणी गर्नुभन्दा पनि अस्थिरता नहोस् । स्थिर सरकार बनोस्, सुशासन होस् र नेपाली जनताको सबभन्दा ठूलो मन देख्ने विद्रोहको कारण भ्रष्टाचार । यो भ्रष्टाचारमुक्त समाजको निर्माण होस् । नीतिगत भ्रष्टाचारको नातामा यति धेरै लुटिएको छ जुन कुरा त मैले संसदमा समितिमा जहाँपनि बोलिरहेको कुरा हो । यी सम्पूर्ण कुरालाई नियन्त्रण गरिदेओस् । तर नियन्त्रण गर्ने भनेको मतलब आग्रह पूर्वाग्रह राखेर होइन । हरेक विधिको आफ्नो प्रक्रिया हुन्छ । विधि पालना गर्दा प्रक्रिया पूरा गर्नुपर्छ । त्यो प्रक्रियालाई एकातर्फ पन्छाए पनि विधिलाई मात्र समातेर विधिहीनता तर्फ उन्मुख भइन्छ । त्यसकारण सरकारले असल काम गरेका हरेक कामलाई सहयोग गर्नुपर्छ, सहयोग गर्छ, गर्नुपनि पर्छ । अब जहाँनिर गल्ती छ त्यो गल्तीमा संख्याले के फरक गर्छ, जनता पनि त छन् नि सुन्ने । त्यसमा त तात्विक रूपबाट अप्ठ्यारो मान्नुपर्ने कुनै स्थिति देख्दिन ।’

    सभाको ज्येष्ठ सदस्य भएको हैसियतले केसीले नै प्रतिनिधि सभाको बिहीवारको (आजको) बैठक सञ्चालन गर्नुहुनेछ । उहाँले सभामुखको निर्वाचन नहुँदासम्म प्रभावकारी रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

    –न्युज एजेन्सी नेपाल

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो
    संसद्का बैठक जारी: विभिन्न विधेयक र कार्यसूचीमाथि छलफल हुँदै (LIVE)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ४.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ५.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.