काठमाडौं, चैत २२ । आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ, जसअन्तर्गत प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सिंहदरबारस्थित नयाँ भवनमा सुरु हुने कार्यसूची छ ।
उक्त बैठकमा शुक्रबार निर्विरोध निर्वाचित भएका रास्वपा उपाध्यक्ष डोलप्रसाद अर्याललाई सभामुख पदमा चयन गरियोस् भन्ने प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरिँदैछ ।
यता दिउँसो १२:१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा भने संसदीय समितिहरूको सदस्य मनोनयन तथा हेरफेर र प्रधानमन्त्री बालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।




