काठमाडौं, चैत्र २२ । सरकारले आगामी नयाँ शैक्षिक सत्र २०८३ को सुरुवात वैशाख २८ गतेदेखि गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै यस्तो निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार, यसअघि सामान्यतया वैशाख १५ गतेदेखि शैक्षिक सत्र सुरु हुने गरेकोमा यसपटक कार्यतालिकामा केही परिवर्तन गरिएको छ। पेट्रोलियम आपूर्तिमा देखिएको असहजता र अन्य व्यवस्थापकीय तयारीलाई ध्यानमा राख्दै नयाँ भर्ना तथा कक्षा सञ्चालनको मिति हेरफेर गरिएको मन्त्री पोखरेलले जानकारी दिनुभयो।




