काठमाडौं, चैत २७ । प्रतिनिधिसभाले आज नयाँ उपसभामुख चयन गर्दैछ। सिंहदरबारमा दिउँसो ४:०० बजे हुने मतदानमा राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर प्रतिस्पर्धामा हुनुहुन्छ। सत्तारुढ रास्वपाको समर्थन रहेकाले २६ वर्षीया ठाकुरलाई मुख्य दाबेदार मानिएको छ।
निर्वाचन प्रक्रिया अघि प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपतिको सम्बोधनको प्रतिलिपि टेबुल गर्ने र सभामुख डोलप्रसाद अर्यालले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ। त्यसपछि उम्मेदवारद्वय लामा र ठाकुरका पक्षमा परेका प्रस्तावहरूमाथि छलफल र मत विभाजन गरी नयाँ उपसभामुखको टुंगो लगाइनेछ।




