काठमाडौं, चैत्र २९ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह लगायतका राजनीतिक व्यक्तित्वहरूलाई युट्युबमार्फत अपमानजनक शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा पाँचथरका एक युट्युबर पक्राउ परेका छन्।
पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका रोशन पोखरेललाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णका अनुसार, पोखरेलमाथि साइबर अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न जिल्ला अदालतबाट १० दिनको म्याद थप गरिएको छ।
सामाजिक सञ्जालमा अमर्यादित सामग्री प्रसारण गरी व्यक्तिको चरित्र हत्या गरेको आरोपमा उनीमाथि कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।




