• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ४. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ५. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ६. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ७. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ८. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ९. भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५४ जनाको शव फेला

  • १०. राष्ट्रपति पौडेलद्वारा संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

सडक मानवमुक्त महानगर बनाउने अभियानमा काठमाडौंः पशुपति क्षेत्रमा छुट्टै ‘स्क्रिनिङ सेन्टर’ स्थापना गरिने


  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • काठमाडौं, वैशाख ३ । काठमाडौं महानगरपालिकाले सडकमा अलपत्र परेका बेसहारा र सहयोगापेक्षी व्यक्तिहरूको उद्धार तथा व्यवस्थापन कार्यलाई तिब्रता दिएको छ ।

    Advertisement

    महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पशुपति क्षेत्र लगायतका विभिन्न स्थानमा पुगेर सडकमा रहेका नागरिकहरूको उद्धार कार्यको नेतृत्व गरिरहनुभएको हो । महानगरले सडकबाट उद्धार गरिएका व्यक्तिहरूलाई सिधै आश्रममा नराखी पहिले ‘स्क्रिनिङ सेन्टर’मा लैजाने र उनीहरूको आवश्यकताअनुसार वर्गीकरण गर्ने प्रक्रिया अघि बढाएको छ । पशुपति क्षेत्रमा सडक मानवहरूको संख्या उल्लेख्य रहेकाले उनीहरूको सहज व्यवस्थापनका लागि पशुपति क्षेत्र विकास कोषसँगको समन्वयमा सोही क्षेत्रमा एउटा ‘डेडिकेटेड स्क्रिनिङ सेन्टर’ बनाउने सहमति भएको कार्यवाहक प्रमुख डंगोलले जानकारी दिनुभयो । उद्धार गरिएका व्यक्तिहरूमध्ये परिवार भएकाहरूलाई पुनर्मिलन गराइने, शारीरिक रूपमा अशक्तलाई अस्पताल लगिने र मानसिक स्वास्थ्य समस्या भएकाहरूलाई विशेष उपचार केन्द्रमा पठाइने महानगरको योजना छ । जसको कोही पनि छैन र साच्चिकै सहारा आवश्यक छ, उनीहरूलाई मात्र मानव सेवा आश्रममा स्थानान्तरण गरिनेछ । उद्धार गरिएका कतिपय व्यक्तिहरू पुनः सडकमा फर्किनुको मुख्य कारण ‘व्यवहारगत समस्या’ रहेको डंगोलले औंल्याउनु भयो ।

    उहाँले भन्नुभयो, ‘पशुपति विकास कोषसँग फिल्ड भिजिट गरेर स्क्रिनिङ सेन्टरका लागि ठाउँ तय गरिसकेका छौँ । कोषले उक्त ठाउँको सरसफाई शुरु गरिसकेको छ । अब पशुपति क्षेत्रबाट उद्धार गरिएकाहरूलाई त्यहीँ राखेर परिवार पुनर्मिलन, उपचार वा आश्रम पठाउने भन्ने निर्णय लिन सहज हुनेछ । सडकमा बस्दा रक्सी र लागुऔषध सजिलै पाउने र खुला आकाशमुनिको फ्रिडममा अभ्यस्त भएकाहरूलाई आश्रमको अनुशासनमा बस्न कठिन हुने गरेको पाइएको छ । उनीहरूको व्यवहार परिवर्तनका लागि काउन्सिलिङ र कतिपयलाई रिह्यावको पनि जरुरत देखिएको छ, जसमा हामी काम गरिरहेका छौँ । हाम्रो उद्देश्य भनेको सडकमा कोही पनि बेसहारा भएर कष्टपूर्ण जीवन यापन गर्न नपरोस् भन्ने हो । साच्चिकै सहयोग चाहिनेहरूका लागि महानगरको ढोका सधैँ खुला छ ।’

    यो अभियान पशुपतिमा मात्र सिमित नभई कालिमाटी, स्वयम्भू लगायत काठमाडौंका सबै क्षेत्रमा क्रमशः विस्तार गरिने महानगरले जनाएको छ । कार्यवाहक प्रमुख डंगोलकाअनुसार यो कार्य एक–दुई दिनको मात्र नभई महानगरलाई ‘सहयोगापेक्षी मानवमुक्त’ नबनाएसम्म निरन्तर चलिरहनेछ ।

    पशुपतिनाथ मन्दिर परिसरमा रहेका बेसहारा, अशक्त र सडक आश्रित मानवहरूको उद्धार कार्यमा गायिका तथा समाजसेवी आनी छोइङ डोल्मा पनि सहभागी हुनुभएको थियो । बुधवार राति महानगरको टिम पशुपतिनाथ मन्दिर परिसरमा पुगेको थियो । काठमाडौं महानगरपालिका र मानव सेवा आश्रमको संयुक्त पहलमा भइरहेको यस अभियानमा सहभागी हुँदै उहाँले सडकमा रहेका व्यक्तिहरूको पीडा सम्बोधन गर्ने दायित्व राज्यको भएको बताउनु भयो । उहाँले बेसहारा नागरिकको अभिभावक राज्य र स्थानीय सरकार हुनुपर्नेमा जोड दिनुभयो । विगत १०–१२ वर्षदेखि सेवा गर्दै आएको मानव सेवा आश्रमसँग मिलेर आफूले पनि केही वर्षदेखि सेवा गर्ने अवसर पाएको बताउनु भयो । उद्धार गरिएका व्यक्तिहरू पुनः सडकमा फर्किने गरेको बारे बोल्दै छोइङले दीर्घकालीन योजना र मनोवैज्ञानिक परामर्श (काउन्सिलिङ) को आवश्यकता रहेको औंल्याउनु भयो । उहाँकाअनुसार शारीरिक घाउभन्दा मनको घाउ गहिरो हुने भएकाले त्यसलाई सम्बोधन नगरेसम्म समस्या पूर्ण रूपमा समाधान हुँदैन ।

    उहाँले भन्नुभयो, ‘घर परिवारको नमीठो वातावरणले मन पीडामा हुन्छ, त्यही पीडा हल्का पार्न उनीहरूले जाँड–रक्सीको सहारा लिन्छन् । बिस्तारै यो लतमा परिणत हुन्छ र अन्ततः उनीहरू अशक्त र बिरामी बन्न पुग्छन् । आफन्तको दुव्र्यवहार वा वियोगले मनमा लागेको घाउ हामी देख्न सक्दैनौँ । उनीहरूको मनोविज्ञान बुझेर सही काउन्सिलिङ गर्नसके मात्र यो अभियान सफल हुन्छ ।’

    मन्दिर परिसरमा बेसहारा मानिसहरू देखिँदा अन्तर्राष्ट्रिय स्तरमा पनि देशको छविमा असर पर्ने भन्दै उहाँले संविधानमा लेखिएको व्यवस्थालाई व्यवहारमा उतार्नुपर्ने बताउनु भयो । मेयर वा सरकारी अधिकारी एक्लैले सबै काम गर्न नसक्ने भन्दै उहाँले आम नागरिकलाई पनि यस पवित्र कार्यमा ‘होस्टेमा हैँसे’ गर्न अपिल गर्नुभयो ।

    पशुपति क्षेत्रमा रहेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको व्यवस्थापनका लागि विशेष उद्धार तथा स्थलगत अवलोकन अभियान शुरु गरिएको हो । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष, मानव सेवा आश्रम र सुरक्षा निकायहरुको संयुक्त पहलमा यो अभियान अगाडि बढाइएको हो । अभियानमा काठमाडौं महानगरपालिकाका प्रमुख, मानव सेवा आश्रमका अध्यक्ष, पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष तथा कार्यकारी निर्देशक र नेपाल प्रहरीका विशिष्ट पदाधिकारीहरुको सहभागिता रहेको छ । टोलीले पशुपति क्षेत्रका खुल्ला ठाउँमा बसोवास गरिरहेका व्यक्तिहरुको अवस्था पहिचान गरी आवश्यक परेकाहरुलाई उद्धार गर्ने कार्य गरिरहेको छ ।

    काठमाडौं महानगरपालिकाका कर्मचारी वसन्त आचार्यकाअनुसार यो अभियान निरन्तर रुपमा अगाडि बढ्नेछ । उद्धार गरिएका व्यक्तिहरुलाई सुरुमा स्क्रिनिङ सेन्टरमा राखिने र उनीहरुको अवस्था हेरी पारिवारिक पुनर्मिलन गराउने, आश्रममा लगेर सेवा दिने वा आवश्यक जानकारी गराएर घर पठाउने कार्यक्रम रहेको छ ।

    उहाँले भन्नुभयो, ‘पशुपति क्षेत्रमा धेरै समस्याहरु देखिएकाले आज बिहानको अवलोकनपछि बेलुकैबाट यो सेवा शुरु गरिएको हो । निकट भविष्यमै पशुपति क्षेत्र विकास कोषको परिसरभित्र एउटा स्क्रिनिङ सेन्टर पनि सञ्चालनमा आउनेछ ।’
    यस अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगर प्रहरी र पशुपति क्षेत्र विकास कोषको प्रहरी टोलीले सामूहिक रुपमा काम गरिरहेका छन् । स्थानीय बासिन्दा र सरोकारवाला निकायहरुको यो सामूहिक प्रयत्नले काठमाडौंलाई सहयोगापेक्षी सडक आश्रित मुक्त शहर घोषणा गर्ने लक्ष्यमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

    –न्युज एजेन्सी नेपाल

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ४.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ५.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ६.
      दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.