• प्रमुख समाचार
  • समाचार
  • राजनीति
  • अन्तराष्ट्रिय
  • अन्तर्वार्ता
  • वाग्मती प्रदेश विशेष
  • गण्डकी प्रदेश विशेष
  • स्वास्थ्य
  • साहित्य
  • आर्थिक
  • खेलकुद
  • पत्रपत्रिका
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • रोचक
  • विचार/ब्लग
  • विज्ञान प्रविधि
×
आइतबार, असोज १८, २०८३
☰
आइतबार, असोज १८, २०८३
    • समाचार
    • वाग्मती
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

सरकारको दुई दिने बिदाले पोखराको पर्यटनमा उत्साहः आन्तरिक पर्यटकको चहलपहल बढ्यो

बुलिङ्गटारको निःशुल्क स्वास्थ्य शिविरमा ६५ जना पुरुष र १४५ जना महिलाको परिक्षण

मुस्ताङको लोमान्थाङमा पश्मिना “डिडस्टिङ” प्लान्ट स्थापना

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी नीति तथा योजना आयोग उपाध्यक्षमा देवकोटा

इयु राजदूत लोरेन्जोद्धारा मुस्ताङमा एकीकृत च्याङग्रा पश्मिना फार्मको उद्घाटन

पर्वतीय क्षेत्रलाई जलवायु परिवर्तनको असरबाट जोगाऔँ : मुख्मन्त्री अधिकारी

गण्डकीका मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिँदै

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

लोकप्रिय समाचार

  • १. ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल, बजारबाट फिर्ता गर्न आदेश

  • २. चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

  • ३. युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु दिवस’ मनाइँदै

  • ४. कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही गर्ने

  • ५. लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो: ३० घरपरिवार जोखिममा, बस्ती नै पहिरोको उच्च खतरामा

  • ६. राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र राम्रो निद्राको प्राकृतिक उपाय

  • ७. दिउँसो देशभर आंशिक बदली, हिमाली–पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

  • ८. मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ

  • ९. अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

  • १०. कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालन

होस्टेल कार्यविधि २०८०ः सुधारको अन्तिम मौका दिँदै महानगरपालिका, नियम नमान्नेलाई बन्द गर्नेसम्मको कारबाही


  •   आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
  • ‘६ वटा मुख्य पक्षमा आधारित रहेर पाँचवटा उपसमूहमार्फत महानगरभर अनुगमन तिब्र’

    Advertisement

    काठमाडौं, वैशाख १३ । काठमाडौं महानगरपालिकाले ‘होस्टेल सञ्चालन व्यवस्थापन कार्यविधि, २०८०’ जारी गरेसँगै महानगरभित्रका सबै होस्टेलहरूलाई नियमन र अभिलेखीकरणको दायरामा ल्याउन शुरु गरेको छ ।

    महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकृत केशव ज्ञवालीकाअनुसार महानगरपालिकाभर अहिले पाँचवटा अनुगमन उपसमितिहरू सक्रिय रहेका छन् । जसमा वडा कार्यालय र व्यवसायी संघका प्रतिनिधिहरू पनि सहभागी छन् । महानगरले मुख्यतया ६ वटा महत्वपूर्ण पाटाहरूमा केन्द्रित रहेर अनुगमन गरिरहेको छ । प्रशासनिक अवस्था, भौतिक पूर्वाधार (शौचालय, किचेन आदि), आर्थिक पारदर्शिता, खाद्यान्नको गुणस्तर, अभिलेखीकरण र विद्यार्थी कल्याणबारे अनुगमन गरिएको उहाँले बताउनु भयो । आफूहरुको मुख्य उद्देश्य होस्टेल बन्द गर्ने भन्दा पनि सुधार गर्ने भएको र व्यवसायीहरूलाई क्रमिक रूपमा सुध्रिने मौका दिइने बताउनु भया । अनुगमनका क्रममा कतिपय होस्टेलहरू महानगरमा दर्ता नै नभई सञ्चालन भएको भेटिएका छन् भने कतिपयमा न्युनतम पूर्वाधारको समेत अभाव देखिएको छ ।
    ज्ञवालीले भन्नुभयो, ‘हाम्रो मुख्य उद्देश्य होस्टेल बन्द गर्ने भन्दा पनि सुधार गर्ने हो । व्यवसायीहरूलाई क्रमिक रूपमा सुध्रिने मौका दिन्छौं । दूरदराजबाट आएका विद्यार्थीहरू जो लोकसेवा वा अन्य परीक्षाको तयारी गरिरहेका छन्, उनीहरू अलपत्र नपरुन् भन्ने हाम्रो प्राथमिकता हो ।’ 

    महानगरले कमजोरी देखिएका होस्टेलहरूलाई निश्चित समय सीमा तोकेर सुधार गर्न निर्देशन दिएको छ । यदि दिएका सुझावहरू कार्यान्वयन नभएमा कार्यविधि अनुसार कडा कारबाही र होस्टेल नै बन्द गर्ने प्रक्रिया अगाडि बढाइने उहाँले बताउनु भयो । उहाँले व्यवसायीहरूको हकहित प्रवद्र्धन गर्दै मर्यादित व्यवसायको वातावरण सिर्जना गर्ने महानगरको दृढता रहेको व्यक्त गर्नुभयो ।

    काठमाडौं महानगरपालिका वडा नम्बर २९ का वडा सदस्य अनिलकुमार श्रेष्ठले अनामनगर क्षेत्रका होस्टेलहरूको स्थलगत निरीक्षण गर्दै व्यवसायीहरूलाई स्वास्थ्य र सरसफाईमा विशेष केन्द्रित हुन निर्देशन दिनुभयो । अनुगमनका क्रममा उहाँले होस्टेल व्यवसाय केवल पैसा कमाउने माध्यम मात्र नभई एक संवेदनशील सेवामूलक क्षेत्र भएको स्पष्ट पार्नुभयो । श्रेष्ठकाअनुसार होस्टेल सञ्चालकहरूमा सामान्य स्वास्थ्य सम्बन्धी ज्ञान हुनु अनिवार्य छ ।

    ‘नितान्त पैसाको लागि मात्रै होस्टेल व्यवसाय खोल्नुभन्दा पनि अलिकति सेवाको भावबाट काम गर्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थी बस्ने कोठामा कम्तीमा झ्याल हुनुपर्यो, हावा ओहोरदोहोर गर्ने फुकुलो वातावरण हुनुप¥यो ।’ 

    उहाँले विशेषगरी खानेकुराको गुणस्तरमा जोड दिँदै सकेसम्म अर्गानिक खानेकुराहरू खुवाउन सुझाव दिनुभयो ।

    निरीक्षणका क्रममा केही गम्भीर समस्याहरू पनि देखिएका छन् । भ¥याङको चेपमा समेत विद्यार्थी सुताउने गरिएको र झ्यालै नभएको कोठाहरूमा विद्यार्थी व्यवस्थापन गरिएको गुनासो प्राप्त भएको भन्दै ती क्षेत्रहरूको पनि अनुगमन बाँकी रहेको उहाँले बताउनु भयो । श्रेष्ठले घर भाडा महँगो हुनु र विद्यार्थीको चाप कम हुनु व्यवसायीका दुःखका पाटो भएपनि त्यसको बहानामा स्वास्थ्यमा हेलचेक्र्याइँ गर्न नपाइने बताउनु भयो ।

    यो अनुगमन काठमाडौं महानगरपालिकाले पहिलो पटक फिल्डमै आएर शुरु गरेको हो । यसभन्दा अगाडि नीतिगत छलफलहरू भएपनि प्रत्यक्ष अनुगमन नहुँदा धेरै त्रुटिहरू भेटिएको उहाँले बताउनु भयो । अझै पनि ३–४ वटा होस्टेलमा उपलब्धिमूलक नतिजा देखिएको र आगामी दिनमा पनि यस्ता अनुगमनहरू निरन्तर रहने उहाँले चेतावनी दिनुभएको छ । महानगरको यो अनुगमनले विद्यार्थीका लागि स्वस्थ र सुरक्षित वातावरण सुनिश्चित गर्ने मात्र नभई होस्टेल क्षेत्रलाई एउटा मर्यादित र व्यवस्थित सेवामूलक व्यवसायको रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ ।

    झापाको दमक घर भएकी स्वस्तिका श्रेष्ठ ब्याचलर्स फस्र्ट इयरको परीक्षाको तयारीका लागि काठमाडौं आएको चार महिना भएको छ । पहिलो पटक होस्टेल बस्न थाल्नुभएकी उहाँले शुरुमा धेरै चिन्ता लिए पनि अहिलेको आफ्नो जीवनशैलीप्रति पूर्ण सन्तुष्ट रहेको बताउनु भयो । अनामनगरको एक होस्टेलमा थ्री–सिटर कोठामा बसिरहेकी स्वस्तिकाले मासिक १२ हजार रुपैयाँ शुल्क तिर्दै आउनुभएको छ । यो शुल्कमा उहाँले एट्याच्ड बाथरुम, बिहान–बेलुकाको खाना र दिउँसोको खाजा सहितका सुविधाहरू पाउनुभएको छ ।

    ‘मुख्य चिन्ता त खानाकै थियो तर खाना र सरसफाई दुवै एकदमै राम्रो छ,’ उहाँले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो । 

    होस्टेलको वातावरण पारिवारिक रहेको र सञ्चालकदेखि कर्मचारीहरूसम्म सहयोगी रहेको उहाँले बताउनु भयो । पहिलो अनुभव भएपनि उनले होस्टेललाई पढ्नका लागि उपयुक्त स्थानको रूपमा पाउनुभएको छ । स्वस्तिकाकाअनुसार होस्टेलको रुम अकोमोडेशन र अन्य व्यवस्थापनले गर्दा बाहिरबाट पढ्न आउने विद्यार्थीलाई सजिलो भएको छ ।

    यद्यपि सबै होस्टेलहरूको अवस्था यस्तो नहुन सक्ने भन्दै महानगरको अनुगमनले अन्य विद्यार्थीले पनि यस्तै किसिमको स्वस्थ वातावरण पाउने आशा उहाँ गर्नुहुन्छ । उहाँले होस्टेलमा बस्दा सरसफाई र अनुशासनलाई विशेष प्राथमिकता दिनुपर्ने आफ्नो बुझाइ रहेको बताउनु भयो ।

    होस्टेल व्यवसायी संघ नेपालका केन्द्रिय सदस्य दिनेश पराजुलीले काठमाडौं महानगरपालिकाको अनुगमन कार्य सहरानीय रहेको भन्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । लामो समयको ग्यापपछि शुरु भएको अनुगमनले बजारमा रहेको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

    पराजुलीकाअनुसार अहिले कतिपय व्यवसायीहरू कुनै पनि संघ वा वडामा दर्ता नभई आफूखुशी होस्टेल सञ्चालन गरिरहनुभएको छ ।

    ‘हामीले दर्ता भएका र नभएका होस्टेलहरूको विवरण महानगरलाई बुझाएका छौं,’ उहाँले भन्नुभयो, ‘नियम संगत चल्नेहरूलाई प्रोत्साहन र नियम नमान्नेहरूलाई कारबाही गर्ने प्रक्रियामा सरकारी निकायलाई हाम्रो पूर्ण सहयोग रहनेछ ।’
    महानगरले ल्याएको मापदण्डका अधिकांश बुँदाहरू व्यवहारिक रहे पनि केही कुराहरू जस्तै लाइब्रेरी र खेलकुदका लागि ठूलो ठाउँ उपलब्ध गराउन अहिलेको

    काठमाडौंको महँगो भाडा दरका कारण चुनौतीपूर्ण रहेको उहाँले औंल्याउनु भयो । तर समग्रमा व्यवसायीहरू व्यवस्थित हुनैपर्नेमा उहाँले जोड दिनुभयो ।

    होस्टेल व्यवसायीहरूले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरण दिनु आफ्नो कर्तव्य भएको वोध गर्दै महानगरको शिक्षा विभाग र वडा कार्यालयसँग सहकार्य गरिरहने प्रतिवद्धता उहाँले जनाउनु भयो । अनुगमनले केवल गल्ती खोज्ने मात्र नभई व्यवसायीलाई घच्घचाउने काम गर्ने उहाँको बुझाइ छ । काठमाडौं महानगरपालिकाले आईतवार अनामनगरस्थित महिला होस्टेलहरुको अनुगमन गरेको हो । –न्युज एजेन्सी नेपाल

    आइतबार, बैशाख १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने
    अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल
    बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने
    अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ
    अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)
    सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    लोकप्रिय

    • १.
      ‘रारा’ चाउचाउको एक ब्याच गुणस्तर परीक्षणमा फेल,

    • २.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित

    • ३.
      युवापुस्तामा बढ्दो हृदयघातको जोखिम: आज ‘विश्व मुटु

    • ४.
      कांग्रेस विरोधी गतिविधि गर्नेलाई अनुशासन समितिले कारबाही

    • ५.
      लगातारको वर्षाले पाल्पाको देवगीर बजारमा धाँजा फाट्यो:

    • ६.
      राति सुत्नुअघि नुहाउने बानी: मानसिक शान्ति र

    भर्खरै

    • १.
      चितवनको ‘न्यु होप एग्रो’विरुद्ध मुद्दा दर्ता: दूषित दाना बेचेको पाइएमा ५० हजारसम्म जरिवाना र एक वर्ष कैद हुने

    • २.
      अस्ट्रेलियाको कडा आप्रवासी नियम आजबाट लागू: ६४ प्रतिशत नेपाली विद्यार्थीको भिसा रद्द, उच्च शिक्षा पाउन मुस्किल

    • ३.
      बुटवलमा भोलि टीभीएस अपाचे रेसिङ क्वालिफायर, विजेताले अन्तर्राष्ट्रिय सर्किटमा नेपालको प्रतिनिधित्व गर्ने

    • ४.
      कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, पर्चा नटाँस्न उम्मेदवारलाई आग्रह

    • ५.
      महाकाली नदीमा पानीको सतह बढ्न सक्ने, किनारका बासिन्दालाई सतर्क रहन चेतावनी

    • ६.
      अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १९ जना पक्राउ

    • ७.
      अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जुन’को टिजर सार्वजनिक, प्रिन्सीसँगको जोडी हाइलाइटमा (टिजरसहित)

    • ८.
      सुनको मूल्य तोलामा १,५०० रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    हाम्रो टीम

    प्रोफेसनल मिडिया द्दारा संचालित
    नवीनप्रेस डटकम
    सल्लाहकारहरू:
    नवीनराज पौडेल –न्युज/कर्पोरेट
    जनप्रकाश चापागाई –बजार ब्यबस्थापन
    सुदिप पन्डित-(अधिबक्ता )कानुन

    प्रकाशक :बिष्णुमाया पान्डेय
    प्रबन्ध सम्पादक :सुर्य प्रसाद अधिकारी
    समाचार डेस्क :श्रीया अर्याल,ऋषि अधिकारी,यमुना मल्ल

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना
    कर्पोरेट अफिस: कुमारीपाटी, ललितपुर
    ९८४६५११७५५
    ठेगाना: भरतपुर-४,चितवन
    सम्पर्क : ०५६-५०३०१०
    दर्ता नं.७०-७४/७५
    इमेल: nabinkhabar36@gmail.com

    बिज्ञापनको लागि सम्पर्क
    ९८०१०२९८८५, ९८६३०४८४८०

    समाचारदाता :
    सुजन बिडारी -हेटौडा
    बिबेचना पान्डे -पोखरा
    सुस्मिता देबकोटा-चितवन
    संगिता बॅानिया-भरतपुर
    शुस्मा थापा-सिन्धुली
    नबराज कोईराला-काठमान्डौ
    यमुना मल्ल-भक्तपुर
    उज्वल केसी-ललितपुर
    श्रीकृष्ण लामीछाने -चितवन

    कार्यालय ठेगाना

    कर्पोरेट अफिस: अनामनगर, काठमाण्डौ
    ०१-५७०५८१५
    ठेगाना: भरतपुर, चितवन
    सम्पर्क : ०५६-५९४२००
    दर्ता नं.: ११७९६२/२०७०/७१
    इमेल: khabarnabin@gmail.com

    बिज्ञापनको लागि संपर्क

    ०५६-५२३४००, ०५६-५०३००९, ०५६-५०३०१०, ०१-५७०५८१५, ९८०१०२९८८५, ९८६३०४८४८०

    द्रुत लिंक

    • हाम्रो बारेमा
    • सम्पर्क
    • विज्ञापन
    • Facebook
    • Twitter
    • YouTube
    • Preeti to Unicode
    Copyright ©2026 Nabin Press | All rights Reserved.
     Website By :  nwTech.