चितवन, वैशाख २७ । चितवनको भरतपुर महानगरपालिका–४ स्थित चौतारी पार्टी प्यालेसमा वैशाख २३ गते आयोजित विवाहको भोज खाँदा ९३ जना बिरामी परेका छन् ।
भोज खाएपछि ‘फुड पोइजनिङ’ भएकामध्ये ५० जनाको अहिले चितवन र काठमाडौँका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिनुभयो ।
बिरामीहरूमा उच्च ज्वरो र पखाला जस्ता लक्षण देखिएको र सघन उपचार कक्षमा रहेका दुई जनाको अवस्था सुधारोन्मुख भएपछि वार्डमा सारिएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले पार्टी प्यालेसका दुई जनालाई नियन्त्रणमा लिएको छ भने खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले विषाक्त खानाका सम्बन्धमा थप अध्ययन अघि बढाएको छ ।




