काठमाडौं, वैशाख ३१ । प्रतिनिधिसभा बैठक सुरू भएकाे छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिलाई लिएर अन्योल कायमै छ।
आजकाे बैठकमा आर्थिक वर्ष २०८३/८४ (२०२६/२७) को नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने तालिका छ। बुधबार विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसद अवरुद्ध गरेपछि बैठक स्थगित भएको थियो।
छलफल सकिएपछि आजै नीति तथा कार्यक्रम पारित गरिने अपेक्षा गरिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार उनको उपस्थितिबारे अझै ठोस निर्णय भइसकेको छैन।




