काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ। आजको बैठकमा मुख्य गरी दुईवटा महत्त्वपूर्ण कार्यसूची तय गरिएका छन्।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।




