काठमाडौं, जेठ ७ । नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङ दम्पत्तिले दानमा दिन लागेको जग्गा र केन्द्रीय कार्यालय भवन नलिने निर्णय गरेको छ।
चौतर्फी आलोचना र पार्टीभित्रै तीव्र विवाद सिर्जना भएपछि एमाले सचिवालय बैठकले गुरुङको प्रस्तावलाई धन्यवादसहित फिर्ता गर्ने र अब काठमाडौँको बल्खुस्थित आफ्नै पुरानो स्थान ‘मदननगर’ मा नयाँ केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय गरेको हो।
यसअघि २०८१ असोजमा प्रधानमन्त्री केपी शर्मा ओली र गुरुङले संयुक्त रूपमा सो भवनको शिलान्यास गरे पनि विवादका कारण काम अघि बढ्न सकेको थिएन भने उक्त निर्णयको विरोध गर्ने पार्टीका नेतृहरू विन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथि कारबाही समेत गरिएको थियो।




