काठमाडौं, जेठ १२ । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
त्यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव टेबल गर्ने कार्यसूची रहेको छ।




