काठमाडौं, जेठ १७ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले प्रतिनिधि सभा नियमावली र संविधानको स्पष्ट उल्लङ्घन गरेको गम्भीर आरोप लगाउनुभएको छ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले सांसदहरूका प्रश्नको जवाफ दिने बहानामा प्रधानमन्त्रीले संसदीय प्रक्रिया र नियमावली मिचेको भन्दै संसद्को ध्यानाकर्षण गराउनुभएको हो। प्रधानमन्त्रीबाट यस्तो गैरजिम्मेवार कार्य हुनु राष्ट्रका लागि दुःखद् भएको उहाँको भनाइ छ।
प्रधानमन्त्री बालेन शाहले सांसदहरूका पुराना प्रश्नको जवाफ दिन भन्दै सभामुखसँग आकस्मिक रूपमा समय मागेपछि संसदमा प्रक्रियागत नियम पालनाको विषयलाई लिएर नयाँ तरंग पैदा भएको हो।




