काठमाडौं, जेठ १८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा आज भारत भ्रमणमा जाँदै हुनुहुन्छ।
भ्रमणका क्रममा उहाँले नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभचिन्तकहरूसँग संवाद गर्नुहुनेछ।
पाँच दिने यस भ्रमण टोलीमा सभापति लामिछानेसँगै उहाँकी श्रीमती निकिता पौडेल, रास्वपा सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य सहभागी हुनुहुन्छ। टोली आगामी जुन ५ (जेठ २२ गते) स्वदेश फर्किने कार्यक्रम छ।




