चितवन, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्। थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा आइतबार चितवन पुगेर महाधिवेशनको समुद्घाटन समारोहमा उपस्थित हुने कार्यक्रम तय भएको छ।
महाधिवेशनको अवसरमा थापाले रास्वपा तथा पार्टी सभापति रवि लामिछानेलाई शुभकामना व्यक्त गर्दै पार्टीको राजनीतिक यात्राप्रति सकारात्मक टिप्पणी गरेका छन्।
उनले जारी गरेको शुभकामना सन्देशमा रास्वपाले छोटो समयमै राष्ट्रिय राजनीतिमा उल्लेखनीय जनसमर्थनसहित आफ्नो स्थान स्थापित गर्न सफल भएको उल्लेख गरिएको छ। थापाले संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय भन्दै आगामी महाधिवेशनलाई पार्टीका लागि वैचारिक, संगठनात्मक तथा नीतिगत रूपमा अझ परिपक्व हुने ऐतिहासिक अवसरका रूपमा व्याख्या गरेका छन्।
शुभकामना सन्देशमा भनिएको छ, महाधिवेशनले लोकतान्त्रिक मूल्य र अभ्यासलाई आत्मसात् गर्दै संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणमा पार्टीलाई अझ स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउन ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस्ताे छ गगनकाे शुभकामना सन्देश –




