काठमाडौँ, असार ९ । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उपस्थित गराइएको छ। बिचौलिया दीपक भट्टसँगको शंकास्पद आर्थिक कारोबार, सेयर लगानी र सम्पत्तिको स्रोतबारे अनुसन्धान गर्न विभागको पत्रानुसार प्रहरीले उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरेको थियो।
पक्राउ गर्नुअघि विभागको टोलीले ललितपुरको भैँसेपाटीस्थित पौडेलको निवासमा छापा समेत मारेको थियो। सुर्खेतबाट सोमबार राति सडक मार्ग हुँदै मंगलबार काठमाडौँ ल्याइएका पौडेलमाथि शंकास्पद आर्थिक गतिविधिबारे अनुसन्धान जारी छ। उनलाई थप हिरासतमा राखी अनुसन्धान अघि बढाउन आजै म्याद थपका लागि अदालत लाने तयारी छ ।




