काठमाडौं, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं परराष्ट्रमन्त्री शिशिर खनालले पार्टीको आगामी महामन्त्री पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।
पार्टीको आगामी सङ्गठनात्मक प्रक्रिया र आसन्न महाधिवेशनलाई लक्षित गर्दै नेता खनालले महामन्त्री पदमा औपचारिक रूपमा उम्मेदवारी सार्वजनिक गरेका हुन्। पार्टीभित्रको सङ्गठन सुदृढीकरण र नयाँ कार्यदिशा तय गर्न आफ्नो उम्मेदवारी रहेको उनले सङ्केत गरेका छन्।




