काठमाडौं, असार १४ । प्रतिनिधि सभाको बैठक जारी छ ।
बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। यस्तै, प्रधानमन्त्री बालेन शाहको तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन, २०८३’ पेस गर्नेछन्।
यसैगरी मन्त्री पुनले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।




