काठमाडौं, असार १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम आज वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजना हुँदैछ।
चितवनमा सम्पन्न पहिलो ऐतिहासिक महाधिवेशनबाट निर्वाचित सत्तारुढ दल रास्वपाकाे नेतृत्व चयनमा सहमतिको प्रयास गर्दा निर्धारित तीन दिनको कार्यतालिका ६ दिनसम्म लम्बिएर सम्पन्न भएको महाधिवेशनबाट निर्वाचित ९९ जना सदस्यहरूले आज औपचारिक रूपमा कार्यभार सम्हाल्दै छन्। पार्टीको कुल १५० सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये बाँकी ५१ जना सदस्यहरू विधान अनुसार पार्टी सभापतिले पछि मनोनीत गर्ने व्यवस्था रहेको छ।
आजको शपथ ग्रहणसँगै नयाँ नेतृत्वले औपचारिकता पाउने र मनोनयन प्रक्रिया सकिएपछि केन्द्रीय समितिले पूर्ण आकार पाउने पार्टी स्रोतले जनाएको छ।




