काठमाडौं, असार २५ । प्रधानमन्त्री वालेन्द्र शाहले आज निर्माण क्षेत्रका प्रतिनिधिहरूसँग विशेष छलफल गर्दै हुनुहुन्छ। प्रधानमन्त्री सचिवालयका अनुसार बैठकमा निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या, त्यसका समाधानका उपाय, निर्माण व्यवसायका व्यावहारिक चुनौती तथा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा केन्द्रित रहेर सरोकारवालाहरूसँग बृहत् छलफल हुनेछ।
प्रधानमन्त्री निवासमा हुने उक्त छलफलमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासंघका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछानेसहितको पदाधिकारी टोली सहभागी हुने जनाइएको छ। निर्माण उद्योगलाई थप व्यवस्थित र गतिशील बनाउन यो छलफललाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।




