काठमाडौं, असार ३० । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। आजको बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने र महत्त्वपूर्ण प्रतिवेदनहरू पेस गर्ने कार्यसूची तय गरिएको छ।
आजको बैठकका मुख्य कार्यसूचीहरू प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन बैठकमा पेस गर्नेछिन् भने मन्त्री गौतमले नै लोक सेवा आयोगको ६६ औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) समेत संसद् समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।




