काठमाडौं, साउन ५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालको नाक र घाँटीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
सांसद ढकालको सचिवालयका अनुसार करिब चार घण्टा लामो समय लगाएर उनको शल्यक्रिया गरिएको हो।
शल्यक्रियापछि चिकित्सकको सल्लाहबमोजिम उनलाई करिब चार दिन अस्पतालमै राखिनेछ। साथै, १५ दिनसम्म पूर्ण रूपमा भ्वाेइस रेस्ट (आवाजलाई आराम) दिनुपर्ने भएकाले उनी केही समयका लागि सार्वजनिक गतिविधि तथा औपचारिक कार्यक्रमहरूबाट टाढा रहने भएका छन्।
सांसद ढकालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनको सचिवालयले उपचारपछि उनी चाँडै नियमित काममा फर्किने जनाएको छ।




