काठमाडौं, साउन ५ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६०० रुपैयाँ पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १० ग्राम सुनको मूल्य २ लाख ४४ हजार ८५५ रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँ कायम भएको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव र विनिमय दरका कारण स्थानीय बजारमा मूल्य समायोजन भएको हो।




