धनुषा, साउन १५ । धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ नहरचोक स्थित मन्दिर परिसरमा साउन १५ गते राति करिब ४० वर्षीय बन्तु राउत कडेरी मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले प्रेस विज्ञप्ति जारी गर्दै मृतक मन्दिरका पुजारी नभई बाहिर कामकाज गरी रातको समयमा मन्दिरमा सुत्न आउने व्यक्ति रहेको स्पष्ट पारेको छ।
घटनालगत्तै तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घट्नास्थल पुगेर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानबाट यो घटना विशुद्ध आपराधिक व्यक्तिहरूबाट भएको देखिएकाले यसलाई धार्मिक विवादसँग नजोड्न र क्षेत्रमा शान्ति-सुव्यवस्था कायम राख्न प्रहरी प्रवक्ता डिएसपी मधुसुधन न्यौपानेले सबैमा अपील गर्नुभएको छ। प्रहरीले अपराधी जो-सुकै भए पनि शीघ्र कानुनको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।




