काठमाडौं, साउन १९ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक जारी छ ।
संविधानसभा गृह तथा संघीय संसद्को आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०८१/८२)’ पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको छ।
यसैगरी, बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेद्वारा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि पनि विस्तृत छलफल हुनेछ।




