काठमाडौं, साउन २० । आज स्थानीय बजारमा सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ४,२०० ले बढेर रु २८८,००० पुगेको छ। गत मंगलबार सुन प्रतितोला रु २८३,८०० मा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेर रु ४,४७५ पुगेको छ। यसअघि मंगलबार चाँदी प्रतितोला रु ४,३८० मा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,१२७ अमेरिकी डलर र चाँदी प्रतिऔंस ६० अमेरिकी डलर रहेको छ।




