काठमाडौं, साउन १९ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्न बुधबार पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले समसामयिक राजनीतिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नेछन्।
पत्रकार सम्मेलन बुधबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजना हुने जनाइएको छ।




