सोलुखुम्बु, साउन २० । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका-१ लुदुमा आफ्नै हजुरबुबाको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार, ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको अभियोगमा उनकै नाति, २३ वर्षीय निर बहादुर विश्वकर्मालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
निर बहादुरले सोमबार राति सामान्य वा घरायसी विवादका क्रममा कुटपिट गर्दा कृष्ण गोपाल गम्भीर घाइते भएका थिए। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी नुनथलाबाट खटिएको टोलीले अभियुक्त निर बहादुरलाई नियन्त्रणमा लिएको थियो।
कुटपिटबाट गम्भीर घाइते भएका कृष्ण गोपालको स्थानीय स्वास्थ्य चौकी नुनथलामा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको प्रहरीले जनाएको छ।




