काठमाडौं, साउन २८ । मनसुनी वायुको प्रभाव अहिले देशभर रहेको छ। मनसुनको न्यून चापीय रेखा हाल आफ्नो औसत स्थान आसपास रहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
मधेश प्रदेश साथै बागमती , गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केहि स्थान तथा सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
यस्तै राती देशभर साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। मधेश प्रदेश साथै बागमती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थान कोशी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै गण्डकी लुम्बनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भाग तथा कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।




