काठमाडौं, भदौ ८ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ।
यस्तै, सुनको भाउ बढे पनि चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ। आइतबार प्रतितोला ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी सोमबार घटेर ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




