नुवाकोट, भदौ १६ । नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीस्थित उत्तरगया मिनी मार्टको भवनबाट बाढीमा परेर ज्यान गुमाएका २४ जनाको शव फेला परेको छ। प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार उद्धार टोलीले घरभित्रबाट शवहरू बाहिर निकालेको हो।
गत भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले उक्त क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। हालसम्म कुनै पनि शवको सनाखत हुन सकेको छैन। प्रशासनले मुचुल्का तयार पार्दै पोस्टमार्टमका लागि शवहरू पठाउने तयारी गरिरहेको छ।




