काठमाडौं, भदौ, १९ । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एक जनाको शव भेटिएको सशस्त्र प्रहरीका जवान पवन तामाङले बताएका छन्।
यसअघि शुक्रबार बिहान उद्धार टोलीले सुरुङमा फसेका सञ्जय साह र कबिर महर्जनलाई १० दिनपछि जीवितै उद्धार गरेको थियो। गत अगस्ट २६ मा भोटेकोशी नदीमा आएको बाढीले सुरुङको इन्टेक अवरुद्ध भएपछि उनीहरू त्यहाँ फसेका थिए।
सुरुङमा फसेका अन्यको खोज तथा उद्धार कार्य जारी छ।




