चितवन, भदौ २२ । यात्रुको अत्यधिक चाप पृथ्वी राजमार्गको कृष्णभिरलगायतका स्थानमा सडक भाँसिएर यातायात पूर्ण रूपमा अवरुद्ध भएपछि भरतपुर–काठमाडौँ हवाई मार्गमा यात्रुको चाप अत्यधिक बढेको छ।
यसअघि सामान्य अवस्थामा दैनिक ५ वटा मात्र उडान गर्दै आएको बुद्ध एयरले यात्रुको बढ्दो चापलाई मध्यनजर गर्दै हाल उडान सङ्ख्या बढाएर दैनिक ९ देखि ११ वटासम्म पुर्याएको छ। छोटो धावनमार्गका कारण ७२ सिट क्षमताको ‘एटिआर ७२’ जहाजले भरतपुरबाट काठमाडौँ जाँदा ५० जनासम्म यात्रु ओसार्ने गरेको छ।
चितवनलगायत नवलपरासी, गोरखा, तनहुँ, लमजुङ र मकवानपुरतर्फका नागरिकहरूले पनि सडक मार्गको अवरोध र जोखिमका कारण हवाई यात्रालाई प्राथमिकता दिन थालेका छन्।




