काठमाडौं, भदौ २५ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले राष्ट्रिय पोर्टल (nepal.gov.np) सञ्चालनमा ल्याएको छ।
राष्ट्रिय पोर्टलमार्फत नेपाल सरकार तथा विभिन्न सरकारी निकायबाट प्रकाशित समाचार, सूचना तथा विज्ञप्ति, कार्यक्रम, नीति, सेवा लगायतका महत्वपूर्ण जानकारीहरू एकै स्थानबाट प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ।
विशेषगरी शिक्षा तथा खेलकुद क्षेत्रसँग सम्बन्धित सूचना, समाचार, कार्यक्रम तथा महत्वपूर्ण अपडेटहरू पनि पोर्टलमार्फत सहज रूपमा हेर्न सकिनेछ।
सरकारी निकायबाट उपलब्ध गराइने विभिन्न सूचना तथा सेवासम्बन्धी जानकारीलाई एउटै डिजिटल माध्यमबाट नागरिकसम्म पुर्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको राष्ट्रिय पोर्टलले सरकारी सूचना प्राप्त गर्न नागरिकलाई थप सहज हुने अपेक्षा गरिएको छ।
नागरिकहरूले सरकारी सूचना तथा सेवासम्बन्धी जानकारीका लागि राष्ट्रिय पोर्टल nepal.gov.np प्रयोग गर्न सक्नेछन्।




