काठटमाडौं, भदौ २५ । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा सुनसरी–४ बाट निर्वाचित दीपककुमार साहको नाम सिफारिस गरेका छन्।
पूर्वउद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट दिएको राजीनामापछि रिक्त रहेको उक्त मन्त्रालयको जिम्मेवारीका लागि साहको नाम राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको हो।
नवनियुक्त मन्त्री साहले आजै पद तथा गोपनीयताको शपथ लिने तयारी रहेको छ।




