काठमाडौं, असोज ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीहरूले प्रश्न सोध्दा मर्यादा र स्थापित अभ्यासको ख्याल गर्नुपर्ने बताएका छन्।
च्यासलस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अन्तर्राष्ट्रिय अभ्यासको हवाला दिँदै प्रश्न सोध्न अनुमति लिनुपर्ने र सामग्री प्रकाशन गर्नुअघि पनि जानकारी गराउनुपर्ने दाबी गरे। कसैको इच्छाविपरीत जबर्जस्ती माइक अगाडि ल्याएर प्रतिक्रिया लिने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै उनले भने, “ल्याएर थुतुनो घोचेर, मुखमा घोचेर त्यस्तो नगर्नुहोस्।”




