ललितपुर, असोज ८ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टीको ‘सम्मानित वरिष्ठ नेता’ बनाउने प्रस्ताव गरेको छ।
बिहीबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकले भण्डारीलाई पार्टीको नेतृत्व संरचनामा अध्यक्षपछिको दोस्रो वरियतामा रहने गरी उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।
सचिवालयले पारित गरेको यो प्रस्ताव अनुमोदनका लागि हाल ललितपुरको भनिमण्डलमा जारी एमालेको केन्द्रीय कमिटी बैठकमा पेस गरिएको छ। केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि उहाँलाई उक्त जिम्मेवारी प्रदान गर्ने औपचारिक प्रक्रिया अघि बढाइनेछ।




