ललितपुर, असोज ९ । अविरल वर्षाका कारण ललितपुरको च्यासलस्थित खोलामा जलसतह पानीको बहाव उल्लेख्य बढेपछि गृहमन्त्री सुधन गुरुङले स्थलगत निरीक्षण गरेका छन्। बढेपछि
नेकपा एमालेको केन्द्रीय कार्यालय आसपासका क्षेत्रमा बाढी र डुबानको सम्भावना बढेपछि स्थितिबारे जानकारी लिन गृहमन्त्री गुरुङ सुरक्षा निकायका प्रतिनिधिहरूसहित च्यासल पुगेका हुन्।
निरीक्षणका क्रममा उनले सम्भावित जोखिम न्यूनीकरणका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन र तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्। खोलाको सतह बढेपछि एमाले केन्द्रीय कार्यालय क्षेत्र उच्च जोखिममा परेको छ।




